after_navbar

सरकार ढंगले नचल्दा देशले दुःख पाउँछः सभापति थापा


१२ घण्टा अगाडि


काठमाडौ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार ढंगले नचलेको टिप्पणी गरेका छन्।

छठ पर्वको अवसरमा आइतबार सर्लाही पुगेका सभापति थापाले सरकार ढंगले नचल्दा देशले दुख पाउने बताए। ‘सरकार ढंगले चलेन भने देशले दुख पाउँछ। अहिले ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ,’ उनले भने।

कांग्रेसविरुद्ध घेराबन्दी, षड्यन्त्रहरु पहिले पनि हुने गरेका र अहिले पनि भइरहेका उल्लेख गर्दै थापाले भने, ‘त्यो आउँछ जान्छ कुनै ठूलो कुरा होइन। हाम्रो मुख्य चिन्ता फेरि देशले दुख नपाओस्, फेरि देशको समय नजाओस् भन्ने हो।’

चुनाव हुने, सरकारमा र सरकार बाहिर हुने प्रकृया चलिरहेन स्पष्ट पार्दै उनले वर्तमान सरकारले बाँकी चार वर्षको समय सदुपयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

data-href="