दाङ। दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका-६ गोलौराका खडक सिंह डाँगीका छोरा किशन डाँगीको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार राजपुर गाउँपालिका-७ हाटबासस्थित मामाको घरमा आएका बेला किशन नुहाउन राप्ती नदीमा गएका थिए। नदीमा डुबेर अचेत भएका उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
बालकको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस