after_navbar

रड प्रहार गरि श्रीमानको हत्या


११ घण्टा अगाडि


मोरङ। मोरङको जहदा गाउँपालिका-२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बुधराम सोरेन (४०) को हत्या आरोपमा उनकी श्रीमती कमली बास्के (३५) र भारत बिहारका सुनील मिश्र (२७) पक्राउ परेका हुन्।

हिजो राति करिब ९ बजे कमली र सुनीलले टाउकोमा रड प्रहार गर्दा बुधरामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि सुनीललाई घटनामा प्रयोग भएको रडसहित नियन्त्रणमा लिइएको थियो भने फरार कमलीलाई आज बिहान साढे ७ बजे खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="