काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । दुई पार्टीबीच आज एकता घोषणा हुँदैछ ।
एकता घोषणा सभा आज दिउँसो १ बजे कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुनेछ ।
विशेष एकता सभामार्फत दुई पार्टीबीचको एकता औपचारिक रूपमा घोषणा गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस