१५ कात्तिक। प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको खराब दिन सुरु हुने बताएका हुन्। आफ्नो आधिकारिक पेजमार्फत उनले चेतावनी दिँदै लेखेका छन्।
“सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!”
प्रधानमन्त्री शाहले यो चेतावनी कसलाई र कुन सन्दर्भलाई लक्षित गरेर दिएको हो भन्नेबारेमा भने खुलाएका छैनन्। यो समाचार तयार पार्दासम्म उनको उक्त फेसबुक पोस्टमा ३९.२ हजारभन्दा बढी रियाक्सन (Likes), ७.६ हजार कमेन्ट र १.४ हजारभन्दा बढी सेयर आइसकेको छ।
प्रतिक्रिया दिनुहोस