after_navbar

हापुरेका अग्नि प्रभावितलाई राप्ती परोपकारको ७२ हजार सहयोग


१ घण्टा अगाडि


दाङ। पश्चिम दाङको हापुरे बजारका अग्नि प्रभावित दुई पसललाई राप्ती परोपकार संघद्वारा ७२ हजार सहयोग गरिएको छ। बबई गाउँपालिका-५ हापुरे बजारमा आगलागीबाट क्षति भएका दुई पसलका सञ्चालकलाई राप्ती परोपकार संघ, नेपालले ७२ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बुधवार राति करिब साढे ८ बजे हापुरे बजारस्थित सारिका शृङ्गार एन्ड गिफ्ट पसलमा आगलागी हुँदा सँगै जोडिएको ओम गंगा किसान पसलमा समेत क्षति पुगेको थियो। आगलागीबाट प्रभावित दुवै पसलका सञ्चालकलाई राहत पुर्‍याउने उद्देश्यले संघका पदाधिकारी, सदस्य तथा अन्य सामाजिक व्यक्तिहरूबाट रकम संकलन गरी सहयोग हस्तान्तरण गरिएको हो।

संघले संकलित रकममध्ये सारिका शृङ्गार एन्ड गिफ्ट पसललाई ५१ हजार रुपैयाँ र ओम गंगा किसान पसललाई २१ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ। दुवै पसललाई गरी कुल ७२ हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको हो।

सहयोग गर्नेहरूमा संघका संरक्षक सुरेश हमाल, अध्यक्ष सञ्जयकुमार पराजुली, उपाध्यक्ष गोरखबहादुर ओली, कोषाध्यक्ष क्षेत्रबहादुर भण्डारी, सचिव राघव देवकोटा लगायत रहेका छन्। त्यसैगरी सन्तोष चौधरी, जितेन्द्र ओली, ओहित सिद्दिकी, प्रमोद सोनी, गणेश भण्डारी, पुर्न चौधरी, कमल डाँगी, वीरेन्द्रकुमार शाह र अर्जुन भट्टराई लगायतले आर्थिक सहयोग गरेका छन्।

आगलागीबाट व्यवसायमा क्षति व्यहोरेका सञ्चालकलाई राहत पुगोस् र पुनः व्यवसाय सञ्चालन गर्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="