after_navbar

यस्तो छ आजको विनिमय दर


मिनेट अगाडि


काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १७० रुपैयाँ ६८ पैसा र खरिददर १७० रुपैयाँ १ पैसा कायम भएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर २०४ रुपैयाँ २२ पैसा र खरिददर २०३ रुपैयाँ ४१ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा र खरिददर १८४ रुपैयाँ ६० पैसा छ ।

अस्ट्रेलियन डलर एकको बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा र खरिददर १०६ रुपैयाँ ४० पैसा कायम भएको छ । क्यानेडियन डलर एकको बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा र खरिददर १०८ रुपैयाँ ५१ पैसा रहेको छ । सिंगापुर डलर एकको बिक्रीदर ११९ रुपैयाँ र खरिददर ११८ रुपैयाँ ५३ पैसा छ ।

जापानी येन १० वटाको बिक्रीदर ९ रुपैयाँ ६३ पैसा र खरिददर ९ रुपैयाँ ५९ पैसा कायम भएको छ । चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ८९ पैसा र खरिददर २२ रुपैयाँ ८० पैसा रहेको छ ।

वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="