after_navbar

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


११ घण्टा अगाडि


विरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति करिब २ः४० बजे वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयबाट ५२ जना प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

प्रहरीले घटनास्थलबाट आठ जना, जुवातास र नगद नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="