चितवन । हेटौंडा उपमहानगरपालिका-८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेट नजिकै अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।
मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
गोरखाको आरुघाट गाउँपालिका-३ पोखरीटोल स्थायी घर भएका ३६ वर्षीय गुरुङ हाल लमजुङको इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
गुरुङ हेटौंडा-८ ओमनगरमा दाइलाई टीका लगाउन आएकी पत्नीलाई भेट्न सोमबार लमजुङबाट आएका थिए। घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस