after_navbar

महाकालीको बाढीले दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने पुल भत्कियो


१७ घण्टा अगाडि


कंचनपुर । महाकाली नदीको बाढीले दोधारा-चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुलको एक भाग भत्काएको छ।

बुधबार बिहान करिब ८ बजे पुलको एक टावर भाँचिएपछि पुलको भाग नदीमा खसेको हो। पुलको बीचको भाग भत्किएपछि दुई क्षेत्रबीचको आवतजावत बन्द भएको छ।

स्थानीयका अनुसार बिहान ४/५ बजेतिर पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो। त्यसबारे प्रहरीलाई जानकारी गराइएको केही समयपछि उक्त भाग नदीमा खसेको हो।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुलमा भएको क्षतिको अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी गरेको जनाएको छ। प्राविधिक अध्ययनपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने जनाइएको छ।

पुल बन्द भएपछि स्थानीयले करिब दुई किलोमिटर माथि रहेको पक्की पुल प्रयोग गरेर आवतजावत गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="