after_navbar

खड्का केन्द्रीय सदस्यमा भिड्ने


१० घण्टा अगाडि


दाङ।लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।

खड्का २०७९ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। २८ वर्षको उमेरमा प्रदेशसभा सदस्य निर्वाचित भएका उनी त्यसबेला लुम्बिनी प्रदेशसभाकै कान्छा सदस्य बनेका थिए।

खड्का नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा हुन्। बुवाको निधनपछि कांग्रेस राजनीतिमा सक्रिय भएका उनले १४औँ महाधिवेशनमा आफ्नो क्षेत्रबाट सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका थिए।

गत वर्ष पुसमा काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनमा समेत सहभागी भएका खड्का १५औँ महाधिवेशनका लागि आफ्नो क्षेत्रबाट ६६१ मत प्राप्त गरी निर्वाचित भएका थिए।

पार्टी राजनीतिमा सक्रिय रहँदै आएका खड्काले यसपटक युवा प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्। उनको उम्मेदवारीलाई पारिवारिक राजनीतिक विरासतसँगै युवा पुस्तामा उनको सक्रियताको निरन्तरताका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="