दाङ।तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुस्थित झोलुङ्गे पुल नजिक बुधबार बिहान करिब १० बजे लक्ष्य एकेडेमीको बसले पैदल हिँडिरहेका आयन नेपालीलाई ठक्कर दिएको हो।
लु २ ख ०००४ नम्बरको बसले ठक्कर दिँदा सल्यानको शारदा नगरपालिका-२ खलंगा घर भई हाल तुलसीपुर-५ रानीजरुवामा बस्दै आएका पप्पु नेपालीका दुई वर्षीय छोरा आयन गम्भीर घाइते भएका थिए। बस तुलसीपुर-८ दुधेना निवासी ३७ वर्षीय बसन्त बिष्टले चलाएका थिए।
दुर्घटनामा भित्री चोट लागेका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पतालले बिहान १०ः२५ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस