after_navbar

जसपाका चार नेताले दिए सामूहिक राजीनामा


१३ घण्टा अगाडि


काठमाडौ। जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन्।

राजीनामा दिएका नेताहरूले अब ‘हुंकार मधेश’ अभियानमा पूर्णकालिक सदस्यका रूपमा सक्रिय हुने बताएका छन्।

‘हुंकार मधेश’ अभियान गत असोज ९ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। मधेशका राजनीतिक, सामाजिक तथा समसामयिक विषयलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने जनाइएको छ।

अभियानले छिट्टै सय दिने ‘मेची-महाकाली हुलाकी पुनर्जागरण यात्रा’ सुरु गर्ने तयारीसमेत गरेको छ। यात्रामार्फत मधेशसहित देशका विभिन्न क्षेत्रमा अभियान विस्तार गर्ने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="