after_navbar

राप्ती बबई क्याम्पस कर्मचारी संघको अध्यक्षमा देवकोटा सर्वसम्मत


मङि्सर ०५, २०८३


दाङ । पब्लिक क्याम्पस कर्मचारी संघ राप्ती बबई क्याम्पस तुलसीपुरको अध्यक्षमा प्रह्लाद देवकोटा सर्वसम्मत चयन भएका छन्।

क्याम्पसको सभाहलमा बिहीबार सम्पन्न संघको प्रथम अधिवेशनले देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित समितिको सचिवमा किरण केसी र कोषाध्यक्षमा लक्ष्मी डाँगी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विनोद ओली, दधिराम खनाल, तुलसीराम चौधरी र मपना चौधरी रहेका छन्।

संघका निवर्तमान अध्यक्ष दामोदर सापकोटाको अध्यक्षता तथा क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख पार्धेले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै क्याम्पसको शैक्षिक तथा प्रशासनिक सुधारमा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले क्याम्पस प्रशासन र कर्मचारी संघबीच रचनात्मक सहकार्य हुने विश्वास व्यक्त गरे।

पदभार ग्रहण गर्दै अध्यक्ष देवकोटाले कर्मचारीहरूको पेशागत हकहित संरक्षण, सेवा सुविधाको सुदृढीकरण र कार्यक्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। क्याम्पसको गरिमा बढाउन प्रशासनिक सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै सबैलाई समेटेर अघि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="