after_navbar

बन्चरो प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु


८ घण्टा अगाडि


दैलेख । दैलेखमाबन्चरो प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा बन्चरो प्रहारबाट आमासहित दुई बालबालिकाको मृत्यु भएको हो। घटनामा एक बालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरायसी विवादका क्रममा अम्बर सलामी मगरले आफ्नै श्रीमती र तीन जना छोराछोरीमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए।

शनिबार बिहान करिब ९ः३५ बजे भएको घटनामा अम्बरकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी मगर र तीन वर्षीया छोरी करिश्मा सलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बन्चरो प्रहारबाट घाइते भएका दुवै बालबालिकालाई उपचारका लागि दुल्लु नगरपालिकास्थित नगर अस्पताल लगिएको थियो। तर, चिकित्सकले बिहान ११ः१० बजे तपेन्द्र र करिश्मालाई मृत घोषणा गरेका थिए।

घटनामा ६ वर्षीय छोरा मिलन सलामी मगर गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीका अनुसार घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="