after_navbar

मधेशको मुख्यमन्त्रीमा पुनः सरोजकुमार यादव नियुक्त


घण्टा अगाडि


काठमाडौ। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जनाएको हो।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको थियो।

तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न नसकेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो।

यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री भइसकेका छन्। उनको पुनर्नियुक्तिसँगै मधेश प्रदेश सरकारको नेतृत्व पुनः जसपा नेपालको हातमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="