काठमाडौ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै बलिङ रोजेका हुन्। अब रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्नेछ।
लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले पहिलो पटक एनपीएल उपाधि जितेको थियो।
यता, लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा छ।
आठ टोलीको सहभागिता रहेको प्रतियोगिता करिब एक महिनासम्म सञ्चालन भएर शनिबार फाइनलसँगै समापन हुँदैछ।
प्रतिक्रिया दिनुहोस