after_navbar

मल अभाव र मनपरी मूल्य निर्धारणबारे छलफल


८ घण्टा अगाडि


दाङ । रासायनिक मलको अभाव, मनोमानी मूल्य निर्धारण र पहुँचका आधारमा वितरण हुने गरेको किसानको गुनासोपछि तुलसीपुर उपमहानगरपालिका-१९ मा यस विषयमा छलफल गरिएको छ।

खेतीपातीका लागि आवश्यक मल समयमै नपाउने र उपलब्ध हुँदा पनि मूल्यमा एकरूपता नहुने समस्या किसानले उठाएपछि वडा कार्यालयले सम्बन्धित कृषि सहकारी तथा मल वितरक संस्थाका पदाधिकारीसँग छलफल आयोजना गरेको हो।

छलफलमा मल वितरक संस्थाको कार्यक्षेत्र, वितरण प्रणाली, मूल्य निर्धारण र किसानले भोग्दै आएका समस्याबारे समीक्षा गरिएको छ। किसानलाई सहज र सर्वसुलभ रूपमा मल उपलब्ध गराउने वातावरण निर्माण गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको छ।

वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य, कृषि सहकारी तथा मल वितरक संस्थाका अध्यक्ष एवं पदाधिकारी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण वडा सचिव सुनिता थापाले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

data-href="