after_navbar

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट


५ मिनेट अगाडि


काठमाडौ। लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

राष्ट्रिय जेनजी नागरिक अभियानले डोल्माको नियुक्ति गैरकानुनी र विधि तथा प्रक्रियाविपरीत भएको भन्दै रिट दायर गरेको हो।

अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दर्ता गराएका हुन्। उनीहरूले डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विवादमा रहेका बेला प्रक्रिया पूरा नगरी नियुक्त गरिएको दाबी गर्दै नियुक्ति खारेज गर्न माग गरेका छन्।

उक्त रिटमाथि बुधबार सुनुवाइका लागि पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="