after_navbar

दाङमा टिपरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु


१६ घण्टा अगाडि


दाङ । दाङमा टिपरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा टिपरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

आइतबार बेलुका करिब साढे ५ बजे बंगलाचुलीबाट लमहीतर्फ जाँदै गरेको रा.१ ख २५११ नम्बरको टिपरले बालक राजन अधिकारीलाई ठक्कर दिएको थियो।

घोराही-३ कुइरेपानी निवासी लोकमणि अधिकारीका छोरा राजनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयले दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गर्दै घोराही-लमही सडकखण्डको कुइरेपानीमा सडक अवरुद्ध गरेका छन्।घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="