after_navbar

रेल दुर्घटनामा चार जनाको मृत्यु,३० घाइते


१६ घण्टा अगाडि


काठमाडौ । पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

रेलवे प्रवक्ता कलीम अख्तरका अनुसार कराचीबाट पेशावरतर्फ गइरहेको रेल सेर शाह सहरमा दुर्घटनामा परेको हो। उद्धारकर्ताले रेलका १४ वटा डिब्बाबाट यात्रुलाई बाहिर निकालेर घाइतेलाई अस्पताल पुर्‍याएका छन्।

दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले दुःख व्यक्त गर्दै घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीलाई आग्रह गरेका छन्।

पाकिस्तानमा पुराना रेलमार्ग, जीर्ण सङ्केत प्रणाली र न्यून लगानीका कारण रेल दुर्घटना हुने गरेका छन्। सन् २०२३ मा भएको यस्तै दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो भने ९० भन्दा बढी घाइते भएका थिए।साभार:एपी

प्रतिक्रिया दिनुहोस

data-href="