सिन्धुली । काठमाडौंको खोटाङका लागि छुटेको जीप सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार राति करिब साढे २ बजे को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुने तीनै महिलाको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा चालक आशिष विष्ट, खोटाङकी सम्झना राई, उनकी छोरी सिवानी राई र १३ वर्षीय अंकित विक घाइते भएका छन्। उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
जीपमा सवार अन्य तीन जनाको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस