after_navbar

चलचित्र विकास बोर्डको कावा अध्यक्षको जिम्मा शर्मालाई


१८ घण्टा अगाडि


काठमाडौ,१७ भदौ । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास वोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी वोर्डका सहसचिव रविलाल शर्मालाई

मंगलबारको मन्त्रिस्तरीय निर्णयअनुसार अध्यक्ष नियुक्त नभएसम्मका लागि शर्मालाई बोर्डको कामकाज हेर्ने जिम्मेवारी दिइएको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले जानकारी दिए।

शर्माले बुधबारदेखि कार्यभार सम्हालेका छन्। पौड्यालका अनुसार बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया चाँडै सुरु गरिनेछ। उनका अनुसार बाढीलगायतका कारण नियुक्ति प्रक्रियामा केही ढिलाइ भएको हो।

अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

यसअघि अध्यक्ष रहेका दिनेश डीसीको कार्यकाल भदौ ११ गते सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त थियो।

प्रतिक्रिया दिनुहोस

data-href="