after_navbar

दाङमा २१ फरार प्रतिवादी पक्राउ


३ घण्टा अगाडि


दाङ। जिल्ला प्रहरी कार्यालय दाङले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको अभियानअन्तर्गत २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले कात्तिक १ गतेदेखि १० गतेसम्म विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीबाट ४ लाख ९७ हजार ६३२ रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरूबाट १० वर्ष ३ महिना ७ दिन कैद सजायसमेत कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="