after_navbar

दाउरा प्रहार गर्दा ६२ वर्षीय वृद्धको मृत्यु


३ घण्टा अगाडि


सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिकामा दाउराले टाउको र खुट्टामा प्रहार गर्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका-८, सुन्दरनगरका ६२ वर्षीय मानबहादुर राजी रहेका छन्।

प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले सोमबार बिहान अजय परियारको घरको आँगनमा राजीमाथि चिर्पट ९दाउरा० प्रहार गरेका थिए। प्रहारबाट टाउको र बायाँ खुट्टामा चोट लागेर घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो।

त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार राजीको शव पोस्टमार्टमका लागि मेहेलकुना अस्पतालको शवगृहमा राखिएको छ।

घटनापछि खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई नियन्त्रणमा लिएर राखेको छ। घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="