after_navbar

बस दुर्घटना हुँदा २५ जना घाइते


१८ घण्टा अगाडि


नवलपुर । नवलपुरको कावासोती नगरपालिका११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व-पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="