after_navbar

तुलसीपुरमा जुवा खेलिरहेका १५ जना पक्राउ


१८ घण्टा अगाडि


दाङ। दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।तुलसीपुर उपमहानगरपालिका-५ निवासी तेजबहादुर डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई गएराति साढे ११ बजे पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ परेकाहरूको साथबाट ५ लाख ३० हजार २४५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरिएको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।

यसअघि गत कात्तिक २८ गते पनि प्रहरीले दाङका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको थियो। घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरबाट ९ जना र घोराही-१५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरबाट ८ जना पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="