बझाङ। बझाङमा भएको अटो दुर्घटनामा परी ज्यान गुमाउनेको सँख्या चार पुगेको छ । जिल्लाको बुंगल नगरपालिका-१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो भने एक बालक घाइते भएका छन्।
सोमबार बिहान टुमेडा गाउँबाट बुंगल नगरपालिका-११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१-००१ ह ७९९८ नम्बरको अटो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भित्री कच्ची सडकमा अटोको ब्रेक फेल भएपछि करिब ९०० मिटर तल भिरमा खसेको थियो।
दुर्घटनामा बुंगल नगरपालिका-१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र ५ वर्षीय रियास महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
अटोमा चालकसहित छ जना सवार थिए। दुर्घटनामा परेका १३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको प्रहरीले जनाएको छ।
अटो चालक बुंगल नगरपालिका-११ का २५ वर्षीय टेकबहादुर पातली प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस