after_navbar

नवलपरासी बस दुर्घटनाः ३३ जना घाइते (विवरणसहित)


१५ घण्टा अगाडि


नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ।

सोमबार बिहान करिब ६ः४० बजे कैलालीको धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस राजमार्गमा पल्टिएको थियो।

बसमा चालकसहित ४१ जना सवार थिए। दुर्घटनामा घाइते भएका ३३ जनामध्ये एक जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने ३२ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।

दुर्घटनामा परेको बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका-१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूको विवरण

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा घाइते हुनेहरूमा कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी, अछाम र धनुषाका यात्रु रहेका छन्।

१. शिवदत्त राना, ३९ वर्ष, धनगढी-११, कैलाली
२. केशव धामी, ३२ वर्ष, मालिकार्जुन-२, दार्चुला
३. प्रतीक्षा धामी, ९ वर्ष, दार्चुला
४. दयाकृष्ण जोशी, ३४ वर्ष, लेकम-५, दार्चुला
५. नविना भट्ट, १४ वर्ष, मार्मा-२, दार्चुला
६. धाना चन्द, ७८ वर्ष, दोगडाकेदार-५, बैतडी
७. प्रेमबहादुर चन्द, ३९ वर्ष, बैतडी
८. डम्बरबहादुर माली, ३७ वर्ष, गोदावरी-१०, कैलाली
९. महेश पाण्डे, ३२ वर्ष, अजयमेरु-३, डडेल्धुरा
१०. रोहित लोथेल, २० वर्ष, दुहुँ-४, दार्चुला
११. खेमा मल्ल, १९ वर्ष, गोदावरी-२, कैलाली
१२. शोभा मल्ल, २८ वर्ष, कैलाली
१३. जेनी राना, २० वर्ष, कृष्णपुर-४, कञ्चनपुर
१४. बसन्त बलायर, ३० वर्ष, शिखर-११, डोटी
१५. अमित साउद, १७ वर्ष, चौरपाटी-२, अछाम
१६. राजेन्द्र जोशी, ३१ वर्ष, पुर्चौडी-१, बैतडी
१७. भागरथी जोशी, ३० वर्ष, बैतडी
१८. रेणुका जोशी, २ वर्ष, बैतडी
१९. भानु यादव, १८ वर्ष, मुखियापट्टी मुसहरमिया-५, धनुषा
२०. रमेश जोशी, २८ वर्ष, लेकम-५, दार्चुला
२१. श्रुती जोशी, ७ वर्ष, दार्चुला
२२. महेश बि.सी., २१ वर्ष, मेलौली-२, बैतडी
२३. डम्बर सिंह साउद, ४२ वर्ष, नवदुर्गा-३, डडेल्धुरा
२४. गीता कठायत, ४० वर्ष, अमरगढी-४, डडेल्धुरा
२५. रक्षा कठायत, २० वर्ष, अमरगढी-४, डडेल्धुरा
२६. चाँदनी खत्री, २२ वर्ष, घोडाघोडी-२, कैलाली
२७. जानु चौधरी, २० वर्ष, धनगढी-४, कैलाली
२८. पुष्पा भाट, २० वर्ष, भागेश्वर-३, डडेल्धुरा
२९. पवित्रा रावल, २३ वर्ष, डडेल्धुरा
३०. प्रिया साउद, २५ वर्ष, दोधारा चाँदनी-२, कञ्चनपुर
३१. अंकित यादव, १८ वर्ष, सिलगढी-१०, डोटी
३२. ज्योति बुडाल, २४ वर्ष, सिलगढी-१०, डोटी
३३. धिरज बुडाल, १५ वर्ष, डोटी

प्रतिक्रिया दिनुहोस

data-href="