after_navbar

भीमफेदी दुर्घटनाका मृतक परिवारसँग सभामुखको भेटघाट


१४ घण्टा अगाडि


सर्लाही। सभामुख डोलप्रसाद ९डीपी० अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा घाइतेहरूसँग भेट गरेका छन्।

सोमबार सर्लाही पुगेका सभामुख अर्यालले मृतकका परिवार, आफन्त र घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिएका हुन्।

भेटका क्रममा उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

दुर्घटनाबाट प्रभावित परिवारलाई उचित राहत तथा सहयोग उपलब्ध गराउन र घाइतेहरूको उपचारको व्यवस्था मिलाउन राज्यका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="