समाचार

मुग्लिन–नारायणगढ अवरुद्ध: पोखरा–काठमाडौं सडक प्रभावित

काठमाडौँ ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा पनि ठूलो असर परेको छ। पहिरोका कारण मुग्लिनतर्फ सडक बन्द हुँदा सवारीसाधनको अत्यधिक चाप पोखरा–काठमाडौँ खण्डमा बढेको पृथ्वीराजमार्ग…  थप पढ्नुहोस

नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्धार

चितवन,८ असोज । भरतपुरस्थित नारायणी नदीको पुलबाट हाम फालेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बुधबार बिहान करिब ११ बजे पुलबाट हाम फालेका उनलाई सूचना पाएलगत्तै विपद् व्यवस्थापनसहितको प्रहरी…  थप पढ्नुहोस

सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं,८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार दिउँसो भन्सार क्षेत्रबाट पक्राउ परेका ४८ वर्षीय रोनक मदनी इन्डिगो एयरमार्फत मुम्बईबाट काठमाडौं…  थप पढ्नुहोस

त्रिपालले ढाकियो सिंहदरबार

काठमाडौँ ,८ असोज । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको देशको प्रशासनिक केन्द्र सिंहदरबारको मर्मत कार्य सुरु भएको छ। क्षति पुगेका संरचनाका कारण हालसम्म बाँकी भाग मिलाएर सरकारी कार्यालय सञ्चालन…  थप पढ्नुहोस

सुदूरपश्चिमबाट प्रतिनिधिसभा पुनर्स्थापनाको माग

धनगढी ,८ असोज । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग उठेको छ। नेपाली कांग्रेस सुदूरपश्चिमले बुधबार धनगढीमा बसेको बैठकमार्फत यस्तो माग अघि सारेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मुख्यमन्त्री कमलबहादुर…  थप पढ्नुहोस

प्रदेश खारेज हुँदैन : अर्थमन्त्री खनाल

काठमाडौं,८ असोज । अर्थमन्त्री तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले वर्तमान…  थप पढ्नुहोस

भूमि समस्या समाधान आयोग खारेज

काठमाडौं,८ असोज । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। नेकपा (एमाले) नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय भएको छ। अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा…  थप पढ्नुहोस

१० लाखभन्दा माथिका आयोजना अब ठेक्कामार्फत मात्रै

काठमाडौं,८ असोज । सरकारले १० लाख रुपैयाँभन्दा बढीका आयोजना उपभोक्ता समितिबाट नगरी ठेक्कामार्फत गर्नुपर्ने निर्णय गरेको छ। संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश वा स्थानीय तहका आयोजना अब ठेक्कामार्फत मात्रै…  थप पढ्नुहोस

बाजुरामा सर्पदंशबाट युवकको मृत्यु

बाजुरा ,८ असोज ।त्रिवेणी नगरपालिका–२ चौसालका ४० वर्षीय सर्जन बुढाको सर्पदंशबाट मृत्यु भएको छ। दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिका–राजीपुरमा सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर…  थप पढ्नुहोस

घरको छतबाट खस्दा पुरुषको मृत्यु

विराटनगर,८ असोज । विराटनगर महानगरपालिका–११ मा एक पुरुषको आफ्नै घरको छतबाट खस्दा मृत्यु भएको छ। ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल मंगलबार राति करिब ११:४५ बजे तीनतले घरको छतबाट खसेका थिए। गम्भीर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology