फिचर

अविरल वर्षाले घर भत्किदा ८ घाइते: ३ को अवस्था गम्भीर

जाजरकोट,११ साउन । गए राती परेको अविरल वर्षाले जाजरकोटको छेडागाड नगरपालिका १२ काडागाउँमा घर भत्किदा ८ जना घाइते भएका छन् । बिहान १ बजेको समयमा पदम अधिकारीको १ तले कच्ची घर भत्किदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा वर्ष ३५ का पदम अधिकारी वर्ष १० का दिनेश अधिकारी वर्ष ३० की सरिता अधिकारी वर्ष … Continue reading अविरल वर्षाले घर भत्किदा ८ घाइते: ३ को अवस्था गम्भीर

थप पढ्नुहोस् »

किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: क्लबसंग साझेदारी गर्ने मेयर खड्काको प्रतिवद्दता

दाङ १० साउन । किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ। किवानीज इन्टरनेशनल डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि टिकाराम खड्काले स्थानीय सरकार सामाजिक संघसंस्थासँग साझेदारी गर्न तयार रहेको बताए। समुदायसँग … Continue reading किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: क्लबसंग साझेदारी गर्ने मेयर खड्काको प्रतिवद्दता

थप पढ्नुहोस् »

काजु र ज्वानो बोकेको दुई ट्रक नियन्त्रणमा

काठमाडौँ,१० साउन । नेपाल प्रहरीले वीरगन्जबाट दुई ट्रकलाई नियन्त्रणमा लिएको छ । झण्डै दुई करोड रुपैयाँ बराबरको सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट भन्सार छली गरेर ल्याइएको करिब १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ … Continue reading काजु र ज्वानो बोकेको दुई ट्रक नियन्त्रणमा

थप पढ्नुहोस् »

पहिरोले रुकुम सडक खण्ड अबरुद्ध

रुकुम पश्चिम, १० श्रावन ।  मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पहिरो खसेपछि हिजो बेलुकादेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बाग्लुङ, पोखरा र काठमाण्डौ जाने गाडी रोकिएका रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी जानकारी दिए। सडकमा ठूलो … Continue reading पहिरोले रुकुम सडक खण्ड अबरुद्ध

थप पढ्नुहोस् »

वैकल्पिक उर्जालाई दूरदराजसम्म पुुर्‍याउनुपर्छः मन्त्री खड्का

काठमाडौँ,१० साउन । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वैकल्पिक उर्जाको पहुँच दूरदराजसम्म पुर्‍याउनुपर्ने बताएका छन्। मन्त्री खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दूरदराजका जनतालाई लक्षित गरी योजना बनाउनुपर्ने बताए। “म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति … Continue reading वैकल्पिक उर्जालाई दूरदराजसम्म पुुर्‍याउनुपर्छः मन्त्री खड्का

थप पढ्नुहोस् »

फेरियो लोकसेवा आयोगको पाठ्यक्रम: प्रथम पत्रमा ४५ अंक ल्याउनुपर्ने

काठमाडौं,१० साउन। लोकसेवा आयोगले प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने भएको छ। हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको … Continue reading फेरियो लोकसेवा आयोगको पाठ्यक्रम: प्रथम पत्रमा ४५ अंक ल्याउनुपर्ने

थप पढ्नुहोस् »

मन्त्री न्यौपानेलाई गृह जिल्लामा स्वागत

दाङ, ९ साउन । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) लाई गृह जिल्ला दाङमा स्वागत तथा सम्मान गरिएको छ । आज बुधबार गृह जिल्ला दाङमा आएका मन्त्री न्यौपानेलाई नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ ले स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिका नेताहरुप्रति आभार … Continue reading मन्त्री न्यौपानेलाई गृह जिल्लामा स्वागत

थप पढ्नुहोस् »

विमान मर्मत गर्ने इन्जिनियरकै मृत्यु

काठमाडौँ,९ साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ । त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ । शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ । दुईवटा शवको पहिचान गर्न … Continue reading विमान मर्मत गर्ने इन्जिनियरकै मृत्यु

थप पढ्नुहोस् »

विमान दुर्घटनापछि बन्द विमानस्थल सञ्चालनमा

काठमाडौँ,९ साउन । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान÷अवतरण शुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ः११ दुर्घटनामा परेपछि दुवैतर्फका उडान र अवतरण बन्द भएका थिए। चालक दलका … Continue reading विमान दुर्घटनापछि बन्द विमानस्थल सञ्चालनमा

थप पढ्नुहोस् »

जहाज दुर्घटना: चारजनाको शव निकालियो

काठमाडौँ ,९ साउन।त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । … Continue reading जहाज दुर्घटना: चारजनाको शव निकालियो

थप पढ्नुहोस् »