फिचर

सौर्य एयरलाइन्सको विमान दुर्घटना:२२ जनाको मृत्यु

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना २२ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। दुर्घटनाको थप विवरण आउन बाँकी छ

थप पढ्नुहोस् »

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

दाङ,९साउन। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्य मन्त्री भएपनि पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यले मुख्य मन्त्री बनाएका … Continue reading एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

थप पढ्नुहोस् »

लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरुले लिए सपथ

बुटवल,८ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम … Continue reading लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरुले लिए सपथ

थप पढ्नुहोस् »

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी

दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन्। एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरेका हुन् । दाबी पत्र बुझदै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्याएर आयेकाले आजै मुख्यमन्त्री नियुक्त गर्ने बताए । … Continue reading लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी

थप पढ्नुहोस् »

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशीताका बारेमा अभिमुखीकरण

दाङ,७ साउन। दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशी कार्यस्थलका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। सोमबार युएसएआइडीको आर्थिक सहयोग सीबीएम र डेक नेपालको सहकार्यमा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो। तुलसीपुर उपमहानगरपालिका वडा वडा नम्बर १७ का वडाध्यक्ष थलराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले अपाङ्ग मैत्री संरचना निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरुले अपाङ्गता … Continue reading अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशीताका बारेमा अभिमुखीकरण

थप पढ्नुहोस् »

एमाले महासचिव पोख्रेलको राजनीति : दलका नेतालाइ रोकेर उप-नेतालाई मुख्यमन्त्री बनाउदै

दाङ,७ साउन। लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले महासचिब संकर पोख्रेलको चाहानामा संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि एमाले महासचिब शंकर पोख्रेलको चाहानामा संसदिय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश अधिबेसनमा आफु निकटका उम्मेद्धारलाई सहयोग … Continue reading एमाले महासचिव पोख्रेलको राजनीति : दलका नेतालाइ रोकेर उप-नेतालाई मुख्यमन्त्री बनाउदै

थप पढ्नुहोस् »

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौं,७ साउन। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन् । अख्तियारको टोलीले उनलाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ । औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

थप पढ्नुहोस् »

एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्ने

दाङ,७ साउन। नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । … Continue reading एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्ने

थप पढ्नुहोस् »

नयाँ सरकारको तयारीमा लुम्बिनी

दाङ,६ साउन। केन्द्रमा सत्ता सकिकरण फेरिए पछि लुम्बिनी प्रदेश सरकार नयाँ बन्ने चरणमा पुगेको छ । वर्तमान मुख्यमन्त्री जोगबहादुर महराले राजिनामा दिए पनि याहा एमाले काग्रेस नयाँ सरकार गठनको तयारीका जुटेका छन ।प्रदेश सभाका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरका गठनको लागी गृहकार्यमा जुटेका हुन । प्रदेश सभाको आजको बैठकलाई सम्वोधन … Continue reading नयाँ सरकारको तयारीमा लुम्बिनी

थप पढ्नुहोस् »

गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न

दाङ ६ साउन। दाङको तुलसीपुरस्थित कमलपोखरी योग साधना केन्द्र रजौला दाङमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरीको अध्यक्षतामा गुरु पूर्णिमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा यो गुरु नीलप्रसाद सापकोटाले गुरु पूर्णिमाको महत्व र सान्दर्भिकताको बारेमा चर्चा गरेका थिए। पछिल्लो समय गुरु र सिस्य बीचको सम्बन्ध कमजोर बन्दै गएको उनले … Continue reading गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »