फिचर

प्रतिनिधिसभा निर्वाचन: ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न

काठमाडौँ ,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। छपाइ सम्पन्न भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, … Continue reading प्रतिनिधिसभा निर्वाचन: ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न

थप पढ्नुहोस् »

नेपालमा प्रति हजार जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु

बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा सार्वजनिक काठमाडौँ,२६ माघ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुले एक वर्ष नपुग्दै ज्यान गुमाउने गरेका छन्। प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै देखिएको … Continue reading नेपालमा प्रति हजार जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु

थप पढ्नुहोस् »

तुलसीपुरमा धुप बनाउने दुईदिने तालिम सुरु

दाङ,२५ माघ ।महिलाहरूको सीप र क्षमता अभिवृद्धि गरी उद्यमशील बनाउने उद्देश्यले तुलसीपुरमा धुप बनाउने दुईदिने तालिम सुरु गरिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा महिला उद्यमी परिषदको आयोजनामा आइतबार तालिमको उद्घाटन गरिएको हो। तालिमको उद्घाटन महिला उद्यमी परिषदकी अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। … Continue reading तुलसीपुरमा धुप बनाउने दुईदिने तालिम सुरु

थप पढ्नुहोस् »

कर्णालीमा प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न

सुर्खेत,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीअन्तर्गतको मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म देशभरका कुल ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। यसमध्ये कर्णाली प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा … Continue reading कर्णालीमा प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न

थप पढ्नुहोस् »

चुनावमा ड्रोन प्रयोगमा प्रतिबन्ध

काठमाडौँ,२५ माघ । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचनका क्रममा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिए। प्रवक्ता काफ्लेले हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक … Continue reading चुनावमा ड्रोन प्रयोगमा प्रतिबन्ध

थप पढ्नुहोस् »

निर्वाचन आचारसंहिता अनुगमन प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ,२४ माघ । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी वैकल्पिक सञ्चार व्यवस्था मिलाउने निर्णय गरेको हो। साथै निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिको निगरानी गर्ने निर्णय पनि गरिएको … Continue reading निर्वाचन आचारसंहिता अनुगमन प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

थप पढ्नुहोस् »

निर्वाचन प्रयोजनको खाता दुरुपयोग भए कारबाही हुन्छ: आयोग

काठमाडौं ,२३ माघ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलिएका खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार–प्रसारका लागि खोलिएका खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्दै दुरुपयोग भएको पाइएमा कानुन अनुसार कारबाही हुने जनाएको हो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका … Continue reading निर्वाचन प्रयोजनको खाता दुरुपयोग भए कारबाही हुन्छ: आयोग

थप पढ्नुहोस् »

जलपन्छी गणनामा गिरावटः प्रजाति र सङ्ख्या दुवै घटे

दाङ,२२ माघ । देशभर यस वर्ष सम्पन्न एसियन वाटरबर्ड सेन्सस–२०२६ को नतिजाले नेपालमा जलपन्छीको प्रजाति र कुल सङ्ख्या दुवैमा कमी आएको देखाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङ्घको संयुक्त प्रयासमा गरिएको गणनाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेख गरिएका छन्। गत वर्ष सन् २०२५ मा गरिएको गणनामा ९४ … Continue reading जलपन्छी गणनामा गिरावटः प्रजाति र सङ्ख्या दुवै घटे

थप पढ्नुहोस् »

लुम्बिनीमा सहकारी नियमावली संशोधनसहित स्वीकृत

दाङ,२२ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई अनुमोदन गर्ने निर्णय गरेको हो। त्यसैगरी बैठकले वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। यसबारे जानकारी दिँदै … Continue reading लुम्बिनीमा सहकारी नियमावली संशोधनसहित स्वीकृत

थप पढ्नुहोस् »

दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

दाङ, २२माघ । दाङमा एचपिभी खोपका बारेमा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले एचपिभी खोप अभियानको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । स्वास्थ कार्यालयले नियमित खोप कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियान सञ्चालनका विषयमा बिहिवार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम … Continue reading दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

थप पढ्नुहोस् »