फिचर

दार्मामा १२८ जनामा स्क्रबटाइफस: चारजनाको मृत्यु

सल्यान, २३ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। गाउँपालिकाका ४९८ जनाको स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार असोजदेखि कात्तिक पहिलो सातासम्म उच्च ज्वरोका कारण चार महिलाको मृत्यु भइसकेको छ। पछिल्लो समय पनि गाउँभर ज्वरोका बिरामी बढिरहेका छन्। दुई दिन शिविर … Continue reading दार्मामा १२८ जनामा स्क्रबटाइफस: चारजनाको मृत्यु

थप पढ्नुहोस् »

प्रहरीको ट्र्याकसुट लगाएर लुटपाट गर्ने युवक पक्राउ

काठमाडौं, २३ कार्तिक ।नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका एक व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति अछाम मल्लेक गाउँपालिका–७ घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका २२ वर्षीय अमृत साउँद हुन्। उनलाई आइतबार बिहान ७ बजे प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो। साउँद भदौ २४ गते प्रहरी … Continue reading प्रहरीको ट्र्याकसुट लगाएर लुटपाट गर्ने युवक पक्राउ

थप पढ्नुहोस् »

दाङमा जुकाको औषधि खाने क्रममा एक बालिकाको मृत्यु

दाङ, २२ कार्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव रहेकी छन्, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए। प्रहरीका अनुसार स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाउने क्रममा औषधि घाँटीमा अड्किएपछि बालिकाको श्वासप्रश्वास रोकिएको थियो। सोही कारण … Continue reading दाङमा जुकाको औषधि खाने क्रममा एक बालिकाको मृत्यु

थप पढ्नुहोस् »

मधेसका सांसदले दले आफ्नै मुखमा मोसो

जनकपुर,२२ कार्तिक । मधेस प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेशसभा बैठकमै आफ्नै मुखमा मोसो दलेका छन्। उनले कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम नगरेको भन्दै विरोधस्वरूप यस्तो कदम उठाएका हुन्। प्रदेशसभा बैठकमा रोस्ट्रममा भाषण गर्दै अन्सारीले मधेसका जनतालाई लगातार बेवास्ता गरिँदै आएको भन्दै आफ्नो सांसदको भूमिकाप्रति आत्मग्लानि प्रकट गरे। “कुनै पनि सरकारले मधेसी … Continue reading मधेसका सांसदले दले आफ्नै मुखमा मोसो

थप पढ्नुहोस् »

महोत्तरीका ११ सीमा नाका ७२ घण्टाका लागि बन्द

महोत्तरी,२२ कार्तिक । महोत्तरीका ११ सिमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ। भारतको बिहार राज्यमा आउँदो मंगलबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सिमानाका आजदेखि तीन दिनका लागि बन्द गरिएका छन्। महोत्तरीसँग जोडिएका ११ वटा सीमानाका शनिबार साँझ ६ बजेदेखि २५ कात्तिकको साँझ ६ बजेसम्म पूर्ण रूपमा बन्द रहने भएका छन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी … Continue reading महोत्तरीका ११ सीमा नाका ७२ घण्टाका लागि बन्द

थप पढ्नुहोस् »

नयाँ मतदातालाई मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौ, २२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्वक मत प्रयोग गर्न आह्वान गरेकी छन्। उनले मतदाता नामावलीमा नाम दर्ता गरी आधिकारिक रूपमा मतदाता परिचयपत्र बनाउने आवश्यकतामाथि जोड दिएकी छन्। शुक्रबार भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले भनिन्, “हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुन जरुरी छ।” … Continue reading नयाँ मतदातालाई मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

थप पढ्नुहोस् »

घिसिङ र सिलवालमाथि ४३ करोडको गडबडीको आरोप

काठमाडौ,२२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालमाथि भारतीय कम्पनी पावर ट्रेड कर्पोरेसन अफ इन्डिया (पीटीसी) सँग महँगो दरमा विद्युत् खरिद सम्झौता गरेर करिब ४३ करोड रुपैयाँको अनियमितता भएको खुलासा भएको छ। प्राप्त कागजातअनुसार पीटीसीले पहिले प्रस्ताव गरेको दरभन्दा बढी रकममा सम्झौता गरिएको हो। स्रोतका अनुसार … Continue reading घिसिङ र सिलवालमाथि ४३ करोडको गडबडीको आरोप

थप पढ्नुहोस् »

पूर्वमन्त्री अफताव आलमको निधन

काठमाडौ,२२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो। उच्च रक्तचाप र मधुमेहका समस्या देखिएपछि उनलाई दशैंअघि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो। कांग्रेसका निवर्तमान सांसद … Continue reading पूर्वमन्त्री अफताव आलमको निधन

थप पढ्नुहोस् »

काठमाडौं–सिङ्गापुर रुटमा बोइङ ७३७–८ म्याक्सको सेवा स्थायी रूपमा सुरु

काठमाडौ,२१ कार्तिक । सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको रुटमा अब बोइङ ७३७–८ म्याक्स विमान स्थायी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार नयाँ विमानको सञ्चालनले यात्रुहरूलाई अझ आरामदायी, सुविधासम्पन्न र वातावरणमैत्री उडान अनुभव उपलब्ध गराउनेछ। यसअघि एयरलाइन्सले सो रुटमा बोइङ ७३७–८०० एनजी विमान प्रयोग गर्दै आएको थियो। नयाँ म्याक्स विमानको आगमनले उडान अनुभवलाई थप … Continue reading काठमाडौं–सिङ्गापुर रुटमा बोइङ ७३७–८ म्याक्सको सेवा स्थायी रूपमा सुरु

थप पढ्नुहोस् »

सुरक्षण मुद्रणका मेसिनबाट लाइसेन्स छाप्न सुरु

सरकारले अब सवारी चालक अनुमति–पत्र (लाइसेन्स) छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले शुक्रबारदेखि लाइसेन्स छपाइको काम सुरु गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट लाइसेन्स छपाइको औपचारिक शुभारम्भ गरेका हुन्। उनले कानुनी उल्झन र विभिन्न कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर छपाइ सुरु … Continue reading सुरक्षण मुद्रणका मेसिनबाट लाइसेन्स छाप्न सुरु

थप पढ्नुहोस् »