फिचर

इराक र पाकिस्तानबाट मुक्त भए ४३३ अफगानी

काबुल,२१ कार्तिक । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान नागरिकलाई गत हप्तामा रिहा गरी स्वदेश फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानको हिरासतमा रहेका ४३० जना अफगान नागरिकलाई दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाकामार्फत स्वदेश फर्काइएको हो। यस्तै, विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य … Continue reading इराक र पाकिस्तानबाट मुक्त भए ४३३ अफगानी

थप पढ्नुहोस् »

१ लाख ३६ हजार नयाँ मतदाता

काठमाडौ,२१ कार्तिक । देशभर १ लाख ३६ हजार ६० जना नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भएका छन्। निर्वाचन आयोगले असोज १० गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सूचना जारी गरेको थियो। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका हुन्। … Continue reading १ लाख ३६ हजार नयाँ मतदाता

थप पढ्नुहोस् »

काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो। नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्‍यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्‍यो। यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ … Continue reading काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

थप पढ्नुहोस् »

देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो: ओली

काठमाडौ,२० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता र कार्यकर्तासँग बोल्दै उनले असंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि संघर्ष अघि बढाउने बताएका हुन्। ओलीले भने, “यो असंवैधानिक … Continue reading देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो: ओली

थप पढ्नुहोस् »

प्रत्यक्ष कार्यकारीको सम्भावना छैन:विप्लव

काठमाडौ,२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने अवस्था नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवीहरू अझैसम्म राज्यसत्ताबाट टाढा रहेको उल्लेख गरे। ‘नेपालका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवी संसद्मा पुग्न सकेका … Continue reading प्रत्यक्ष कार्यकारीको सम्भावना छैन:विप्लव

थप पढ्नुहोस् »

दुई दिनपछि गृहमन्त्री अर्यालको भविष्य निर्धारण हुन्छ: सुदन गुरुङ

काठमाडौ,२० कार्तिक । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई दुई दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन्। गुरुङले बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्याललाई उद्देशित गर्दै, दुई दिनभित्र राजीनामा नदिए उनको भविष्य प्रेस कन्फ्रेन्समार्फत निर्धारण हुने बताएका छन्। ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य … Continue reading दुई दिनपछि गृहमन्त्री अर्यालको भविष्य निर्धारण हुन्छ: सुदन गुरुङ

थप पढ्नुहोस् »

अब प्यान कार्ड स्थानीय तहबाटै

काठमाडौ,२० कार्तिक । अब स्थायी लेखा नम्बर (प्यान) कार्ड स्थानीय तहबाट नै वितरण गरिने भएको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ। यसअघि प्यान कार्ड करदाता सेवा कार्यालयमार्फत मात्र प्रदान हुँदै आएको थियो। तर हाल ती कार्यालयहरू खारेज भइसकेका छन्। विभागका … Continue reading अब प्यान कार्ड स्थानीय तहबाटै

थप पढ्नुहोस् »

बाबुराम,जर्नादन र डिपी अर्यालको संयुक्त छलफल

काठमाडौ,२० कार्तिक। पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूमध्ये संयुक्त छलफल सम्पन्न भएको छ। छलफलमा पूर्वमन्त्री जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, नेसपा ९नयाँ शक्ति० नेतृ दुर्गा सोवलगायत सहभागी थिए। जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै समग्र राजनीतिक पुनर्गठन र वैकल्पिक राजनीतिक ध्रुवीकरणका विषयमा छलफल केन्द्रित … Continue reading बाबुराम,जर्नादन र डिपी अर्यालको संयुक्त छलफल

थप पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने मागसहित भेला

काठमाडौ,२० कार्तिक। नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै गर्नुपर्ने मागसहित आज बत्तिसपुतलीमा भेला हुँदैछ।२८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म महाधिवेशनको मिति तय गर्न नसकेपछि नियमित महाधिवेशन पक्षधरहरूले दबाबमूलक भेला आह्वान गरेका हुन्। महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन … Continue reading कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने मागसहित भेला

थप पढ्नुहोस् »

समयमै पुल निर्माण नहुँदा लाखौं नागरिक प्रभावित

बर्दिया,२० कार्तिक । नयाँ पुल निर्माण कार्य स्रोत सहमति नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीमाथिको पुल अलपत्र परेको छ । आठ वर्षअघि बबई नदीमा आएको बाढीले पुरानो पुल बगाएपछि यो क्षेत्रका डेढ लाखभन्दा बढी बासिन्दा लामो समयदेखि सास्ती भोग्दै आएका छन् । डिभिजन सडक कार्यालय, नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार दुई वर्षअघि नयाँ … Continue reading समयमै पुल निर्माण नहुँदा लाखौं नागरिक प्रभावित

थप पढ्नुहोस् »