फिचर

मुसहर बस्तीमा झाडापखालाको प्रकोप :बस्ती ‘सिल’

सप्तरी, १७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान गएको छ। थप संक्रमण फैलिन नदिन सोमबारदेखि सो बस्तीलाई ‘सिल’ गरी उपचार कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार बस्तीका मानिसलाई बाहिर जान रोक लगाइएको छ र आवश्यक वस्तु त्यहीँमै उपलब्ध … Continue reading मुसहर बस्तीमा झाडापखालाको प्रकोप :बस्ती ‘सिल’

थप पढ्नुहोस् »

हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता

काठमाडौ, १७ कार्तिक। केही दिनअघिको अविरल वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा पदयात्रा र आरोहणका लागि पुगेका पर्यटकहरू कठिनाइमा परेका छन्। हिमपहिरो र ढुंगापातका घटनामा परेर केही पर्यटक घाइते भएका छन् भने केही बेपत्ता रहेका छन्। सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट खसेको लेदो पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा … Continue reading हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता

थप पढ्नुहोस् »

मन्त्रीबाट राजिनामा दिने तयारीमा कुलमान

काठमाडौ ,१७ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन्। हाल घिसिङले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन … Continue reading मन्त्रीबाट राजिनामा दिने तयारीमा कुलमान

थप पढ्नुहोस् »

प्रहरीका पाँचजना डीआइजीमा बढुवा

काठमाडौँ १७ कार्तिकनेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा भएका छन्। गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले … Continue reading प्रहरीका पाँचजना डीआइजीमा बढुवा

थप पढ्नुहोस् »

स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा

सल्यान,१७ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्। दुई स्थानमा आयोजना गरिएको शिविरमा २५७ जना महिला र १५५ जना पुरुष सहभागी भएको दार्मा गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नं. ३ र आइतबार वडा नं. ५ मा स्वास्थ्य शिविर … Continue reading स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा

थप पढ्नुहोस् »

११ राजदुत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौ,१६ कार्तिक। सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो निर्णयको अन्तिम आदेश नआएसम्म राजदूतहरूलाई फिर्ता नगर्न भनेको हो। ‘सरकारले कार्यसम्पादन मूल्याङ्कन नगरी फिर्ता बोलाउने निर्णय गरेको छ, जबकि कानुनअनुसार राजदूतको कार्यसम्पादन मूल्याङ्कन गरिएको … Continue reading ११ राजदुत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

थप पढ्नुहोस् »

उपकुलपति र रजिष्ट्रार पदका लागि आवेदन आह्वान

काठमाडौ,१६ कार्तिक ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालय ऐन, २०८२ बमोजिम जारी गरिएको यस सूचनामा उम्मेदवारले आवेदनसँगै अवधारण र रणनीतिक पत्र पनि पेश गर्नुपर्ने उल्लेख छ। मन्त्रालयले आवेदनका लागि आजदेखि १५ दिने समय तोकेको छ। साविक गेटा मेडिकल कलेज … Continue reading उपकुलपति र रजिष्ट्रार पदका लागि आवेदन आह्वान

थप पढ्नुहोस् »

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौ, १६ कार्तिक। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो। साम्पाङ स्वयं आइतबार आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका छन्। पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ। हाल पार्टीमा २८ जना केन्द्रीय सदस्य … Continue reading हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

थप पढ्नुहोस् »

रहेनन् ‘पानी बा’

दाङ, १६ कार्तिक । ‘ पानी बा’ नामले परिचित रहेका घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ। क्यान्सरबाट पीडित डिसीको उपचारका क्रममा आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। उनको ८० वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि बिरामी रहँदै आएका डिसीको प्रतिष्ठानकै भेन्टिलेटरमा उपचार भइरहेको थियो। स्थानीयवासीबीच … Continue reading रहेनन् ‘पानी बा’

थप पढ्नुहोस् »

प्रहरी कार्यालयबाट चोरिएको पेस्तोल १ लाखमा बिक्री, ५ जना पक्राउ

काठमाडौ,१६ कार्तिक। जेन–जी आन्दोलनपछि २४ भदौमा मच्चिएको अराजक घटनाको समयमा प्रहरी वृत्त स्वयम्भूबाट चोरी भएको पेस्तोल बिक्री–वितरणमा संलग्न पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार हातहतियार बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले धादिङ घर भई हाल काठमाडौं–१५ मा बस्ने २१ वर्षीय कृष्ण गुरुङ, भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारतीय नागरिक २४ वर्षीय अकबर … Continue reading प्रहरी कार्यालयबाट चोरिएको पेस्तोल १ लाखमा बिक्री, ५ जना पक्राउ

थप पढ्नुहोस् »