फिचर

ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित

काठमाडौं,१ कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि सबै उडान अस्थायी रूपमा बन्द गरिएको छ। बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन ३६ वटा दमकलका युनिट खटाइएका छन्। अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, “दिउँसो करिब २:३० बजे विमानस्थलको गेट नम्बर ८ नजिकैको … Continue reading ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित

थप पढ्नुहोस् »

तिहार बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ,१ कार्तिक । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले पत्राचारमार्फत बैंक तथा वित्तीय संस्थालाई व्यापार सहजीकरण र आपूर्ति प्रणाली नियमित सञ्चालनमा राख्न बैंकिङ प्रणाली उपलब्ध गराउन निर्देशन दिएको हो। त्यसैगरी, राष्ट्र … Continue reading तिहार बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

थप पढ्नुहोस् »

३ महिनामा १८.५६ प्रतिशत बजेट खर्च

काठमाडौँ,१ कार्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको करिब १८ दशमलव ५६ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन … Continue reading ३ महिनामा १८.५६ प्रतिशत बजेट खर्च

थप पढ्नुहोस् »

रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

काठमाडौ,१ कार्तिक । दक्षिणी रूसको बास्कोर्तोस्तान क्षेत्रमा अवस्थित एक रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार घटनाको पुष्टि गरेका हुन्। गभर्नर खाबिरोभका अनुसार विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र विशेषज्ञ टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। रूसी सञ्चारमाध्यमका अनुसार बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकस्थित सो कारखानाले युक्रेन युद्धका लागि … Continue reading रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

थप पढ्नुहोस् »

रुकुमपूर्वमा तीन साता सडक बन्द हुने

दाङ, १ कार्तिक । रुकुमपुर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने रानिकोट–किटनी सडकखण्डमा बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमन पूर्ण रूपमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका … Continue reading रुकुमपूर्वमा तीन साता सडक बन्द हुने

थप पढ्नुहोस् »

अपडेट: सात सवारी आपसमा ठोक्किदा घाइते हुनेको संख्या २१ पुग्यो

चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा भएको सवारी दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७:१५ बजे सात सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस … Continue reading अपडेट: सात सवारी आपसमा ठोक्किदा घाइते हुनेको संख्या २१ पुग्यो

थप पढ्नुहोस् »

आजदेखि यमपञ्चक ‘तिहार’ सुरु

काठमाडौँ, १ कार्तिक । उज्यालो र दीपावलीको प्रतीकका रूपमा मनाइने दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व … Continue reading आजदेखि यमपञ्चक ‘तिहार’ सुरु

थप पढ्नुहोस् »

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो। २१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ … Continue reading सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

थप पढ्नुहोस् »

नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो। नेपालका लागि ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै शानदार प्रदर्शन गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ … Continue reading नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

थप पढ्नुहोस् »

सल्यानमा छ घण्टा विद्युत सेवा बन्द हुने

सल्यान, ३१ असोज । सल्यानमा शनिबार ६ घण्टा विद्युत सेवा बन्द हुने भएको छ। रुखका हाँगा हटाउने र विद्युत संरचना मर्मतका कारण विद्युत सेवा बन्द हुने भएको हो। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार, शितलपाटी सबस्टेशन र बागचौर सबस्टेशन अन्तर्गतका सबै फिडरहरूमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ। तुलसीपुर–शितलपाटी र … Continue reading सल्यानमा छ घण्टा विद्युत सेवा बन्द हुने

थप पढ्नुहोस् »