फिचर

मधेसका मुख्यमन्त्रीले मत लिदैः तीनदल तटस्थ बस्ने

काठमाडौँ,२८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। विश्वासको मतप्रक्रियामा तीन दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तटस्थ बस्ने भएका छन्। मुख्यमन्त्री सिंहलाई पहिले दिएको समर्थन सबै दलले फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेको हुन्। यसअघि नै विपक्षमा रहेका माओवादी केन्द्र, जसपा नेपाल … Continue reading मधेसका मुख्यमन्त्रीले मत लिदैः तीनदल तटस्थ बस्ने

थप पढ्नुहोस् »

यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं,२८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो साइत धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा परेको छ। समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने … Continue reading यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः३९ बजे

थप पढ्नुहोस् »

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पाँच रिट

काठमाडौँ, २८ असोज। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएका छन्। मंगलबार बिहान सवा ११ बजेसम्म अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मियासहित पाँच जनाले रिट दायर गरेका हुन्। रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ। साथै असंवैधानिक रूपमा नियुक्त … Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पाँच रिट

थप पढ्नुहोस् »

विपिन जोशीको मृत्यु भएको पुष्टि: शव इजरायललाई हस्तान्तरण गर्ने तयारी

काठमाडौ,२७ असोज । प्यालेस्टिनी सशस्त्र समूह हमासले करिब दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। ७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो। संघर्षविराम सम्झौताअन्तर्गत सोमबार २० जना जीवित बन्धकलाई मुक्त गरेपछि हमासको सैन्य शाखाले … Continue reading विपिन जोशीको मृत्यु भएको पुष्टि: शव इजरायललाई हस्तान्तरण गर्ने तयारी

थप पढ्नुहोस् »

विपिन जोशीको अवस्था अझै अज्ञात छ : परराष्ट्र मन्त्रालय

काठमाडौं,२७ असोज । परराष्ट्र मन्त्रालयले हमासले कब्जामा लिएर गएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। सोमबार जारी विज्ञप्तिमा मन्त्रालयले आज रिहा हुने बन्दीहरूको सूचीमा विपिनको नाम रहने अपेक्षा गरिएको भए पनि इजरायली सेनाले सार्वजनिक गरेको सूचीमा उनको नाम समावेश नभएको उल्लेख गरेको छ। ‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७ः३० बजे … Continue reading विपिन जोशीको अवस्था अझै अज्ञात छ : परराष्ट्र मन्त्रालय

थप पढ्नुहोस् »

विपिन जोशी जीवित छैनन्: इजरायली अधिकारी

काठमाडौं,२७ असोज । इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले यो जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई औपचारिक रूपमा गराएको हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, इजरायलस्थित नेपाली दूतावासले उक्त जानकारी मन्त्रालयलाई अनौपचारिक रूपमा पठाएको छ। हमासले २०८० असोज २३ गते किबुट्ज अलुमिमबाट जोशीलाई अपहरण गरेको … Continue reading विपिन जोशी जीवित छैनन्: इजरायली अधिकारी

थप पढ्नुहोस् »

पहिलो बन्धकहरु रिहा हुँदै

काठमाडौँ,२७ असोज । पहिलो बन्धकलाई १५ मिनेटभित्र रिहा गरिने इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजरायली सेनाले (आईडीएफ) सम्झौताको कार्यान्वयनको भागस्वरूप बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको जनाएको छ। अधिकारीका अनुसार उत्तरी गाजा पट्टीमा स्थानीय समयअनुसार बिहान ८ बजेबाट बन्दी रिहाइ प्रक्रिया सुरु हुने छ। “समय परिवर्तन हुनसक्छ, जानकारी उपलब्ध हुनेबित्तिकै अपडेट दिइनेछ,” उनले … Continue reading पहिलो बन्धकहरु रिहा हुँदै

थप पढ्नुहोस् »

त्रिसिद्धेश्वरी समितिको अध्यक्ष घनश्याम उपाध्याय निर्वाचित

दाङ, २७ असोज । तुलसीपुरस्थित प्रसिद्ध धार्मिक स्थल श्री त्रिसिद्धेश्वरी कालिका मन्दिर व्यवस्थापन समितिको विशेष साधारण सभाबाट नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समाजसेवी घनश्याम उपाध्याय सर्वसम्मत रूपमा समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।त्यस्तै उपाध्यक्षमा वीरबहादुर बढा मगर, सचिवमा होमराज आचार्य, र कोषाध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् । मन्दिर व्यवस्थापन समितिको अधिवेशन हरेक … Continue reading त्रिसिद्धेश्वरी समितिको अध्यक्ष घनश्याम उपाध्याय निर्वाचित

थप पढ्नुहोस् »

यस्तो छ आजको विनिमयदर

काठमाडौं,२७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ।  सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ … Continue reading यस्तो छ आजको विनिमयदर

थप पढ्नुहोस् »

युएईमाथि नेपालको १ रनको जित

काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ। ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार गरेको थियो। नेपालका आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले … Continue reading युएईमाथि नेपालको १ रनको जित

थप पढ्नुहोस् »