फिचर

प्रहरी हवल्दार अधिकारीलाइ अदालतको सम्मान

दाङ, २४ असोज । जेन्जी आन्दोलनको हिंसात्मक रुप लिँदै गएको भदौ २४ गते, धेरै सरकारी र निजी संरचनाहरू जलिरहेका बेला दाङ जिल्ला अदालत भने एक महिला सुरक्षाकर्मीको साहसिक कदमले जोगियो। जिल्ला अदालतमा ड्युटीमा रहेकी सहायक प्रहरी हवल्दार संगीता अधिकारीले सयौँ आन्दोलनकारीको भीडबीच एक्लै उभिएर अदालत जोगाएकी थिइन्। जब आन्दोलनकारीको भीड अदालत परिसरमा प्रवेश गरी तोडफोड … Continue reading प्रहरी हवल्दार अधिकारीलाइ अदालतको सम्मान

थप पढ्नुहोस् »

भूमि समस्या समाधान आयोग र जिल्ला समिती खारेज

काठमाडौं, २३ असोज । सरकारले भूमि समस्या समाधान आयोग र देशभरका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सम्बन्धित जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए। त्यसैगरी, बैठकले इलाम जिल्लालाई तीन महिनाका … Continue reading भूमि समस्या समाधान आयोग र जिल्ला समिती खारेज

थप पढ्नुहोस् »

मुस्ताङ भन्सार पुनः सन्चालन

काठमाडौं,२३ असोज । उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालय दशैँपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। गत भदौ ३१ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको कार्यालय असोज १३ गतेदेखि कर्मचारी दशैँ मनाउन घर फर्किएपछि बन्द भएको थियो। भन्सार प्रमुख रमेश खड्काका अनुसार निकासी तथा पैठारीकर्ताका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा हालसम्म मालवस्तु जाँचपास सुरु हुन सकेको छैन। दशैँ बिदाका … Continue reading मुस्ताङ भन्सार पुनः सन्चालन

थप पढ्नुहोस् »

एमाले नेता भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

काठमाडौ,२३ असोज। नेकपा एमालेका नेता योगेश भट्टराईले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। प्रतिनिधि सभा सदस्य रहँदाको हैसियतमा प्राप्त उक्त पासपोर्ट उनले संसद् विघटनपछि राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्। राहदानी नियमावली, २०७७ को नियम १८ अनुसार पदमा नरहेको व्यक्तिले एक महिनाभित्र कूटनीतिक पासपोर्ट फिर्ता गर्नुपर्ने व्यवस्था छ।

थप पढ्नुहोस् »

प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ माथि भ्रष्टाचारको मुद्दा

दाङ,२३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अनुसन्धानका क्रममा खरिद प्रक्रियामा अनियमितता पाइएको र सोही आधारमा डा. भण्डारीसहित १३ जनामाथि १२ करोड सात लाख ६० हजार रुपैयाँ … Continue reading प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ माथि भ्रष्टाचारको मुद्दा

थप पढ्नुहोस् »

अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार

दैलेख, २३ असोज । बिरामीको चाप अत्यधिक बढेसँगै जिल्ला अस्पताल दैलेखले बिरामीहरूलाई कुर्चीमै राखेर उपचार गर्न थालेको छ। २०४२ सालमा ओपीडीका रूपमा बनेको साँघुरो भवनमा बेड अभाव भएपछि यस्तो अवस्था आएको हो। १५ शैय्याको क्षमता रहेको उक्त अस्पतालमा हाल ५८ बेडसम्मको व्यवस्थापन गरी सेवा दिइँदै आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा। मनोज विश्वकर्माले जानकारी … Continue reading अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार

थप पढ्नुहोस् »

१० प्रर्दशनकारी पक्राउ

काठमाडौं, २३ असोज । जेनजी आन्दोलनमा धोका भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० जनाभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । बिहानैदेखि माइतीघर–बानेश्वर क्षेत्र वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले जनशान्ति र सुरक्षाको दृष्टिले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको … Continue reading १० प्रर्दशनकारी पक्राउ

थप पढ्नुहोस् »

कर्णाली नदीमा एक महिलाको शव फेला

हुम्ला, २३ असोज । कर्णाली नदी किनारमा एक युवतीको शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका–धुलाचौर नजिकै कर्णाली नदीको छेउमा बुधबार बिहान शव देखिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । प्रहरीका अनुसार शव बिहान ९ बजे मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा यो शव असोज १० गतेदेखि … Continue reading कर्णाली नदीमा एक महिलाको शव फेला

थप पढ्नुहोस् »

तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

काठमाडौं, २३ असोज। अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीले कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात पूर्णरूपमा ठप्प भएको जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार सबैभन्दा बढी प्रभाव कोशी प्रदेशमा परेको छ। संखुवासभाका दुई स्थानमा कोशी राजमार्ग, इलाममा मेची … Continue reading तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

सर्वोच्चमा अझै नियमित सुनुवाइ ठप्प

काठमाडौँ, २३ असोज। जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि सर्वोच्च अदालतले हालसम्म बन्दीप्रत्यक्षीकरण बाहेकका नियमित प्रकृतिका मुद्दामा सुनुवाइ सुरु गर्न सकेको छैन । आगलागीबाट पूर्ण रूपमा क्षति पुगेको सर्वोच्चले हाल पाल टाँगेर बन्दी प्रत्यक्षीकरण निवेदन मात्र हेर्दै आएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार दसैँपछि नियमित सुनुवाइ सुरु गर्ने तयारी भए पनि इजलास … Continue reading सर्वोच्चमा अझै नियमित सुनुवाइ ठप्प

थप पढ्नुहोस् »