फिचर

इरानमाथि इजरायलको पुनः आक्रमण

काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्। इरानको राज्य समर्थित फार्स न्यूज एजेन्सीले उत्तरी र पूर्वी भागमा समेत थप विस्फोटका आवाज सुनिएको जनाएको छ। घटनासँगै इजरायलले इरानमाथि ‘प्रि-एम्प्टिभ’ (अग्रिम) आक्रमण सुरु गरेको … Continue reading इरानमाथि इजरायलको पुनः आक्रमण

थप पढ्नुहोस् »

मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् ।  सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर  पढ्ने चाहाउने इच्छा पुरा भएको हो। दैनिक मजदुरी गर्दै तयारी गरेका उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका हुन्।प्रतिष्ठानले दोस्रो … Continue reading मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

थप पढ्नुहोस् »

कूटनीतिक पहलमार्फत बीबीसीको भिडियो हटाइने

काठमाडौँ,१५फागुन। बीबीसीले प्रसारण गरेको जेनजी आन्दोलसम्बन्धी भिडियो हटाउने तयारी भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मुखमा बीबीसीले प्रशारण गरेको भिडियो हटाउन कूटनीतिक पहल थालिएको बताएका छन्। शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले उक्त भिडियो नेपाली कानुनअनुसार प्रत्यक्ष कारबाहीको दायरामा नपर्ने भएकाले कूटनीतिक माध्यमबाट हटाउने प्रयास सुरु गरिएको जानकारी दिए। “नेपाली … Continue reading कूटनीतिक पहलमार्फत बीबीसीको भिडियो हटाइने

थप पढ्नुहोस् »

दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

दाङ, १५ फागुन । दाङमा निर्वाचनको मतपरिणामलाई डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी थालिएको छ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम डिजिटल सञ्चार माध्यमबाट सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो । शुक्रबार घोराहीमा सञ्चारकर्मीसँग आयोजित ‘निर्वाचन र आमसञ्चार’ विषयक छलफल कार्यक्रममा निर्वाचनका क्रममा रिपोर्टिङ कार्यलाई सहज बनाउँदै लुम्बिनी प्रदेशभरकै नतिजा डिजिटल माध्यमबाट … Continue reading दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

थप पढ्नुहोस् »

दाङमा निर्वाचन तयारी तीव्रः २ हजार ८९८ कर्मचारी खटिँदै

दाङ,१५ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा कर्मचारी परिचालनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाभरका ४ सय ८२ मतदान केन्द्रमा प्रत्येक केन्द्रमा ६ जनाका दरले २ हजार ८ सय ९८ जना कर्मचारी खटिनेछन्। त्यस्तै घोराही र तुलसीपुरस्थित कारागारमा स्थापना गरिएका दुई अस्थायी मतदान केन्द्रमा ३/३ जनाका दरले … Continue reading दाङमा निर्वाचन तयारी तीव्रः २ हजार ८९८ कर्मचारी खटिँदै

थप पढ्नुहोस् »

दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक

दाङ,१५ फागुन । दाङमा मदिरा बिक्री वितरण र सेवनमा  रोक लगाइएको छ।  जिल्ला प्रशासन कार्यालय  दाङले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उक्त कार्यमा रोक लगाएको हो। शुक्रबार सहाय प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले एक सूचना जारी गर्दै  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई   स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको … Continue reading दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक

थप पढ्नुहोस् »

निर्वाचनमा २ लाख २१ हजार कर्मचारी खटिने

काठमाडौँ,१५ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। निर्वाचन आयोग का अनुसार ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी केन्द्रमा कर्मचारी परिचालन गरिनेछ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पाँच … Continue reading निर्वाचनमा २ लाख २१ हजार कर्मचारी खटिने

थप पढ्नुहोस् »

यातायात कार्यालयका ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ,१५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगन्जका तत्कालीन प्रमुखसहित ३३ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत मा मुद्दा दायर गरेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरी आर्थिक लेनदेनका आधारमा अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराएको आरोपमा बिहीबार मुद्दा दायर गरिएको हो। आयोगका अनुसार तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार र रमेशबहादुर … Continue reading यातायात कार्यालयका ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

चुनावी सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी

काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीले आगामी चुनावको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। प्रहरी प्रधान कार्यालय र विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको छ। उनीहरूले प्रदेशमै रहेर मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्नेछन्। चुनावको सुरक्षाबारे छलफल गर्न हिजो प्रहरी प्रधान कार्यालयमा पूर्वआईजीपी, निर्वाचन आयुक्तलगायतलाई बोलाएर बैठक गरिएको थियो। … Continue reading चुनावी सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी

थप पढ्नुहोस् »

सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ

काठमाडौँ,१४ फागुन । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ। अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका यस्ता उम्मेदवारहरूको सूची सार्वजनिक नगर्नुको कारण पेस गर्न आयोगलाई निर्देशन दिएको … Continue reading सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ

थप पढ्नुहोस् »