फिचर

तुलसीपुर चेम्बरको पद हस्तान्तरण कार्यक्रम

दाङ २२ साउन । तुलसीपुर चेम्बर अफ कमर्सको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ऋषीराज भण्डारी नेतृत्वको नव निर्वाचित टीमलाई चेम्बरका निवर्तमान अध्यक्ष टोपबहादुर घर्तिले पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले संकटका बीचमा स्थापना भएको चेम्बरलाई चलायमान र गतिशी बनाउनु पर्नेमा जोड दिएका थिए । व्यवसायीक हकहितका लागि स्थापना … Continue reading तुलसीपुर चेम्बरको पद हस्तान्तरण कार्यक्रम

थप पढ्नुहोस् »

मिडिया काउन्सील विधयेकको नाम आम सञ्चार परिषद् विधयेक राखिने

काठमाडौँ, २२ साउन । मिडिया काउन्सिल विधेयक २०८० को नाम आमसञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो । सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आमसञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो । समिति सदस्यहरुले मिडिया काउन्सिल नाम … Continue reading मिडिया काउन्सील विधयेकको नाम आम सञ्चार परिषद् विधयेक राखिने

थप पढ्नुहोस् »

नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक दर्ता

काठमाडौं २० साउन। नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् । मन्त्री चौरसियाका अनुसार प्रचलित ऐन संशोधन गरी कानुन व्यावसायी परिषद अन्तर्गत कानुन व्यावसायी प्रतिष्ठान(लयर्स एकेडेमी)को स्थापना गर्ने उदेश्यले विधेयक ल्याइएको हो … Continue reading नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक दर्ता

थप पढ्नुहोस् »

बिवाइडी गाडी किने ८० प्रतिशत फाइनान्स सुविधा

दाङ २० साउन । बिवाईडी विद्युतीय गाडी खरिदका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । बैंक र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कबीच सम्झौता भएसँगै इन्भेस्टमेन्ट मेगा बैंकले बीवाईडीका सबै गाडीमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो । उक्त सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र … Continue reading बिवाइडी गाडी किने ८० प्रतिशत फाइनान्स सुविधा

थप पढ्नुहोस् »

टिप्परको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते

दाङ १९ साउन । दाङको घोराहीमा टिप्परको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। घोराई उपमहानगरपालिका वडा नम्बर १० फन पार्क नजिकै शनिबार बेलुका टिप्परले ठक्कर दिँदा अन्दाजी ३५ ३६ वर्षीय एक व्यक्ति गम्भीर घाइते भएका हुन्। बा ५८ प ५६०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएर टिप्पर फरार रहेको छ घाइते व्यक्तिको परिचय खुल्न … Continue reading टिप्परको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते

थप पढ्नुहोस् »

गोली लागेर एकजनाको मृत्यु

डोटी,१९ साउन। डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रबार एक जनाको मृत्यु गएको छ। घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका(६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर ज्यान गएको थियो। उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित गएराती … Continue reading गोली लागेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

खोलाले बगाउँदा बेपत्ता आले मृत फेला

दाङ, १९ साउन । दाङमा शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक महिला मृत फेला परेकी छन् । बेचनी खोलाले बगाएर बेपत्ता भएकी तुलसीपुर ४ निवासी ५५ बर्षीया सीता आले मृत भेटिएकी छन् । उनको शव शनिबार विहान ८ बजेतिर ग्वारखोलामा भेटिएको हो । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ … Continue reading खोलाले बगाउँदा बेपत्ता आले मृत फेला

थप पढ्नुहोस् »

खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, ३ जनाको उद्दार

दाङ, १८ साउन ।दाङमा खोलाले यात्रु वोकेको अटो बगाएको छ । मानिससहित र अटो बगाउँदा कम्तिमा २ जना बेपत्ता भएका छन । तुलसीपुर उपमहानगरपालिका ४ ंमा रहेको बेतनी खोला र ७मा रहेको रानीघाट खोला (कालाखोला)ले दुई वटा अटो बगाएको हो । शुक्रवार परेको अविरल वर्षाका कारण आएको खोलाले यात्रु बोकेको अटो बगाउँदा दुई जना बेपत्ता … Continue reading खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, ३ जनाको उद्दार

थप पढ्नुहोस् »

राजमार्ग र सडक स्तर उन्नतिका लागि छलफल: ९ सदस्यीय कार्यदल गठन

दाङ, १८ साउन । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चको भेला तुलसीपुरमा सम्पन्न भएको छ। नवराज लामिछानेको अध्यक्षतामा भएको भेलाले राप्ती राजमार्गको स्तर उन्नति र तुलसीपुर क्षेत्रभित्रको सडक मापदण्ड निश्चित र व्यवस्थित गर्न माग गरेको छ। भेलाले बाहिनी चोकदेखि उत्तरतर्फ नगर विकास समितिले कायम राखेको सडकको केन्द्रदेखि १२. ५ मिटर कायम राख्ने, बाहिनी चोकदेखि दक्षिणतर्फ … Continue reading राजमार्ग र सडक स्तर उन्नतिका लागि छलफल: ९ सदस्यीय कार्यदल गठन

थप पढ्नुहोस् »

लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड

दाङ, १८ साउन। लुम्बिनी प्रदेश सरकारले बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी टुङ्गो लगाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते नेपाली कांग्रेसका ४ जना र नेकपा एमालेका ४ जना गरि ८ जनालाई बिमा विभागीय मन्त्री नियुक्त गरेका थिए। बिना विभागीय मन्त्री नियुक्त गरेको १० दिनपछि प्रदेश सरकारले मन्त्रीहरूको कार्यविभाजन गरेको हो। मुख्यमन्त्री आचार्यले कार्यविभाजन गरेसँगै … Continue reading लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड

थप पढ्नुहोस् »