फिचर

एक बोतल पानीको मूल्य २० रूपैयाँ,बढी रकम लिएमा कारबाही हुने

दाङ,२७ साउन। अबदेखि पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिन पाइने छैन। एक लिटर पानीको बोतललाई २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। प्रसोधित पानीको मूल्य निर्धारण गर्दै जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी रकम लिएमा कारबाही गरिने समेत जनाएको छ। आइतबार एक सूचना जारी गर्दै प्रशासनले एक लिटर बोतलको पानीलाई … Continue reading एक बोतल पानीको मूल्य २० रूपैयाँ,बढी रकम लिएमा कारबाही हुने

थप पढ्नुहोस् »

कालाखोलामा बस दुर्घटना हुँदा तीनजना घाइते

दाङ,२६ साउन । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोलाको उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै गरेको रा १ ख ११०० नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । … Continue reading कालाखोलामा बस दुर्घटना हुँदा तीनजना घाइते

थप पढ्नुहोस् »

३१ हजार बालबालिका आफै घरमूली

काठमाण्डौ,२६ साउन । देशभरका ३१ हजार बालबालिका आफै घरमूलीको रुपमा रहेको एक तथ्यांकले बताएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी प्रतिवेदनअनुसार ३१ हजार ५ सय १२ बालबालिका परिवारको मूली रहेका छन् । देशभर ६६ लाख ६० हजार ८४१ परिवार रहेकामा ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको हो । घरमा अभिभावक … Continue reading ३१ हजार बालबालिका आफै घरमूली

थप पढ्नुहोस् »

ग्वारखोलामा बस दुर्घटना हुँदा तीनजना घाइते

दाङ, २५ साउन। तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार तीनजना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख ९ १५ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई सडकको बायाँ साइडमा दुर्घटना हुँदा … Continue reading ग्वारखोलामा बस दुर्घटना हुँदा तीनजना घाइते

थप पढ्नुहोस् »

बाघको आक्रमणबाट एकजना घाइते

बर्दिया,२५ साउन। बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका बेला बाघको आक्रमणमा परि वडा नम्बर ९ को बैदी बनगाई गाउँका ३० वर्षिय चन्द्र बहादुर कसेरा गम्भीर घाइते भएको निकुञ्जका सुचना अधिकारी पुरुषोतम वाग्लेले जानकारी … Continue reading बाघको आक्रमणबाट एकजना घाइते

थप पढ्नुहोस् »

कोशी र कर्णालीमा आज सार्वजनिक बिदा

दाङ,२५ साउन। कोशी र कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। आज नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए। त्यस्तै कोशी प्रदेशमा आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। ३० औं … Continue reading कोशी र कर्णालीमा आज सार्वजनिक बिदा

थप पढ्नुहोस् »

शुक्रबार सार्वजनिक बिदा

सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारले शुक्रबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । नागपञ्चमीका अवसरमा शुक्रवार बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । ‘साउन २५ गते शुक्रवार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय … Continue reading शुक्रबार सार्वजनिक बिदा

थप पढ्नुहोस् »

२३ दिनमा आधा खर्ब राजस्व संकलन

काठमाडौँ ,२४ साउन । संघीय सरकारले आर्थिक वर्षको पहिलो महिनाको २३ दिनमा करिब आधा खर्ब राजस्व संकलन गरेको छ । गत आर्थिकवर्षको यस अवधिमा सरकारले ४१ खर्ब राजस्व संकलन गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ । गत वर्षको तुलनामा चालु वर्ष राजस्व … Continue reading २३ दिनमा आधा खर्ब राजस्व संकलन

थप पढ्नुहोस् »

५४ दिन एनआइसियु राखेर शिशुको सफल उपचार

दाङ,२४ साउन। दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक शिशुलाई ५४ दिनभन्दा बढी एनआइसियुमा राखेर उपचार गरेको छ। प्रतिष्ठानले नवजात शिशुलाई पिआइसी हुँदै एनआइसी बेडमा राखे उपचार गरी बचाउन सफल भएको छ। जन्मदा नै स्वास्थ्य अवस्था एकदमै जटिल उक्त शिशुलाई चिकित्सकहरुले बचाउन सफल भएका हुन्। प्युठान मल्लरानी गाउँपालिका घर भएका एक दम्पतिबाट जन्मिएका उक्त शिशुजन्मदा … Continue reading ५४ दिन एनआइसियु राखेर शिशुको सफल उपचार

थप पढ्नुहोस् »

सुदूरपश्चिम सरकारले ल्यायो राजस्व सङ्कलन अध्यादेश

धनगढी २४ साउन। राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको छ । … Continue reading सुदूरपश्चिम सरकारले ल्यायो राजस्व सङ्कलन अध्यादेश

थप पढ्नुहोस् »