बझाङमा भुकम्प गयो
बझाङ,१३ भदौ ।बझाङमा भूकम्पको धक्का महशुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्पको गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्।