काठमाडौं,१२ फागुन । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघले न्यूनतम प्रतिक्रेट ३५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।
अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रुपैयाँ पुगेको छ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स(एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने भएको छ। यो किसानले पाउने मूल्य हो। संघका अनुसार उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले शुक्रवार मूल्य समायोजन गर्न घटाइएकोमा सोमबारबाट बढाइएको हो।
खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रुपैयाँ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस