बझाङ,१२ फागुन । बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् ।
सोमबार बिहान बोहराको शव वित्थडचिर गाउँपालिकास्थित स्याडी प्रहरी चौकी र वित्थड गाउँको बीचमा रहेको खोलापट्टि भीरमा अड्केको अवस्थामा भेटिएको हो ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थलतर्फ गइसकेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस