after_navbar

महोत्सवको १४औं दिन : दर्शकदीर्घामा भेटिएन टेक्ने ठाउँ


फागुन १४, २०८१


दाङ,१४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर औद्योगिक, व्यापारिक तथा पर्यटन महोत्सवको १४औं दिन बुधबार दर्शकहरूको अत्यधिक भिड रहेको थियो । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक तथा कलाका टंक तिमिल्सिनाको दमदार प्रस्तुतिले माहोल झन् उत्साहपूर्ण बनाएको थियो।

ad

महोत्सव मूल आयोजक समितिका अनुसार आज महोत्सवमा करिब ३५ हजार बढी दर्शक सहभागि रहेका थिए।

ad

बुधबारको कार्यक्रममा लोकदोहोरीका चर्चित गायक गायिकाहरूको प्रस्तुति र चर्चित उद्घोषिकाको आकर्षक उद्घोषण महोत्सवको विशेष आकर्षण बने। हजारौं दर्शकको उपस्थिति रहेकाले महोत्सव स्थलमा टेक्ने ठाउँसमेत बाँकी नरहेको देखिन्थ्यो।

ad

गायिका ज्योति मगरले “उइमुलाको सिन्की, मादलु घुम्न” लगायतका आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन्। उता, गायक टंक तिमिल्सिनाले “मन माया” लगायतका लोकप्रिय गीत गाएर दर्शकलाई झुमाए। उनीहरूका प्रस्तुतिहरू सुन्नकै लागि हजारौं दर्शक महोत्सव स्थल पुगेका थिए।

दर्शकहरूको चाप यति धेरै थियो कि कतिपयलाई सुरक्षित स्थान खोज्नसमेत हम्मेहम्मे पर्‍यो। स्थानीय सुरक्षाकर्मी र व्यवस्थापकले भीड नियन्त्रण गर्न निकै मिहिनेत गर्नु परेको थियो। महोत्सव आयोजक समितिका अनुसार, यो महोत्सवको हालसम्मकै सबैभन्दा बढी दर्शक उपस्थित भएको दिन रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए।

महोत्सव अवलोकन गर्न आएका स्थानीय दर्शकहरू निकै उत्साहित देखिन्थे। तुलसीपुरबाट आएका एक दर्शकले भने, “यति धेरै भीड होला भनेर सोचेको थिइनँ। ज्योति मगर र टंक तिमिल्सिनाको प्रस्तुति साँच्चै नै दमदार रह्यो।”

अर्का दर्शकका अनुसार, लोकदोहोरी गायक गायिकाहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण बन्न सफल भएको छ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको यो महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रमहरू लगायत विभिन्न गतिविधिहरू समेटिएका छन्। चर्चित कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण बनेको छ।

आयोजकका अनुसार, बाँकी दिनहरूमा पनि लोक तथा आधुनिक गायनका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="