दाङ, १५ फागुन । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका कविराज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। फागुन १४ गते (हिजो) साझ तुलसीपुर उपमहानगरपालिका-८ चमिखोला नजिक भएको मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका थिए।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४८ वर्षीय लक्ष्मीप्रसाद थारु र पछाडि सवार तुलसीपुर-१ निवासी ३५ वर्षीय कविराज चौधरी घाइते भएका थिए। कविराजलाई टाउको र पेटमा गम्भीर चोट लागेको थियो।
गम्भीर अवस्थामा रहेका चौधरीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।
उनि तुलसीपुर उपमहानगरपालिकाको सरसफाइ शाखामा कार्यरत रहेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक लक्ष्मीप्रसाद थारुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस