after_navbar

सिन्धुपाल्चोक भूकम्प: प्रहरी चौकी चर्कियो, कैदी घाइते,भोटेकोसीमा पहिरो


फागुन १६, २०८१


काठमाडौँ १६ फागुन । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। शुक्रबार बिहान २बजेर ५१मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण जिल्लामा सामान्य क्षति भएको छ भने मानवीय क्षति नरहेको प्रशासनले जनाएको छ।

ad

प्राप्त जानकारीअनुसार, भूकम्पका कारण सिन्धुपाल्चोक कारागारका एक कैदी भाग्ने क्रममा लडेपछि हात भाँचिएको छ। उनलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

यसैगरी, कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। “जवानहरू बस्ने भवनको भित्ता सामान्य चर्किएको छ, थप क्षति नभएको रिपोर्ट आएको छ,” प्रजिअ थापाले बताए।

भूकम्पकै कारण भोटेकोशी गाउँपालिका–३ दुगुनागढी क्षेत्रमा पहिरो खसेको छ। प्रशासनले थप विवरण संकलन गरिरहेको छ भने सुरक्षाकर्मी र स्थानीय तहका प्रतिनिधिहरू क्षतिको मूल्यांकनमा जुटेका छन्।

स्थानीय प्रशासनले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरी तथा अन्य सुरक्षा निकायलाई सम्भावित जोखिम क्षेत्रहरूबारे जानकारी संकलन गर्न निर्देशन दिइएको छ।

(

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="