काठमाडौं,२५ जेठ । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपरासीका ४१ वर्षीया रिना गुरौ, र काभ्रेका ५५ वर्षीय कविराज सिपखान रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार ठाकुरले कतार पठाइदिने भन्दै एक व्यक्तिसँग १ लाख रुपैयाँ लिएका थिए। त्यस्तै, गुरौले कुवेत र पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ५५ हजार रुपैयाँ ठगी गरेकी थिइन्। सिपखानले भने युके (UK) पठाइदिन्छु भन्दै ४१ लाख १४ हजार रुपैयाँ ठगी गरेका थिए।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचलमा पठाइएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस